
नवोदित साहित्यिक वाचनालयको सूचना
सुचना ! सुचना !! सुचना !!!

"भाषाको उत्थान, नेपालीको पहिचान"
नवोदित साहित्यिक वाचनालय दोहा, कतारले आदिकवि भानुभक्तको १९७ औं जन्म जयन्ति साथै मोवाईपुस्तकायलको वाषिर्कीको अवसर पारेर नेपाली साहित्य जगतका प्रसिद्ध कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यमा "दोस्रो खुल्ला कविता प्रतियोगिता-२०६७", कतारबाट प्रकाशित भएका साहित्य विधाका कृतिहरुलाई समेटेर "नवोदित कृति एवार्ड-२०६७" साथै श्रवण मुकारुङ्गको एकल साहित्य वाचन कार्यक्रमको आयोजना गर्न गई रहेको सबै स्रष्टा र सर्जकहरुमा जानकारी गराउादछौ । कवि श्रवण मुकारुङ्ग प्रमुख निणर्ायक तथा दर्शक र श्रोताको प्रत्यक्ष सहभागितामा भोटिङ्ग गरेर प्रतियोगिताका विजेताहरु घोषणा गरिने भएको हुदाँ हरेक शुक्रबार दिनको ४ बजेबाट ६ बजे सम्म जैद्धापार्कमा आफ्नो कविता लिएर वाचनका साथ दर्ता गर्न हुन सबै कवि र कवयत्रीहरुमा आव्हान गरिन्छ । साथै कृतिकार श्रष्टाहरुले आफ्नो एक प्रति कृति सहित नवोदित साहित्य वाचनालयमा सम्पर्क गर्न अनुरोध गरिन्छ ।
कविता आई पुग्नुपर्ने अन्तिम मिति ९ जुलाई २०१० ।
कृति दर्ता अन्तिम मिति २ जुलाई २०१० ।
कार्यक्रम हुने स्थानः- पछि तोकिने छ ।
मिति र समयः- १६ जुलाई २०१०, बिहान १० बाट सुरु ।
कविता प्रतियोगिता सम्बन्धी केहि नियम र जानकारीहरु
१ कविता मौलिक र अप्रकाशित हुनु पर्ने छ ।
२ कविताले कसैको व्यक्तिगत नैतिकतामा ठेस पुर्याउन पाईने छैन ।
३ राष्ट्र, राष्ट्रियता, जाति, धर्म, लिङ्ग र सामप्रदायी उथल पुथल ल्याउने कवितालाई प्रतियोगितामा सहभागि गराईने छैन ।
४ कतार सरकार साथै कतारको कानुनलाई मान्य नहुने भावर्थ भएको कवितालाई प्रतियोगितामा समावेश गराईने छैन ।
५ कविता स्वयम कवि या कवयत्रीहरुले उपस्थीत भएर वाचन सहित जेद्धापार्कमा नै दर्ता गराउनु पर्ने छ । अरुको हातबाट आएका कवितालाई मान्यता दिईने छैन । हरेक हप्ता दर्ता भएका कविताबाट उत्कृष्ट १० कविता छनोट गरिनेछ । उक्त कविता १६ जुलाई २०१० का दिन फाईनल राउण्डमा पुनः वाचन गर्नु पर्ने छ ।
६ कविता ०९ जुलाई २०१० सम्ममा आई पुग्नु पर्ने छ । त्यस भन्दा पछि या कार्यक्रममा आएका कविताहरुलाई सहभागि गराईने या वाचन गर्न दिईने छैन ।
७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु, नवोदितका सदस्यहरु या naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ । पुरस्कृत विजेतालाई नगदको पनि व्यवस्था छ ।
कृति दर्ता सम्बन्धी केहि नियम र जानकारीहरु
१ कृतिकार स्वयमले आफ्नो १ प्रति फोटो र कृति सहित क.रि. २५।- नवोदितमा बुझाउनु पर्ने छ ।
२ संस्थागत स्मारिका, मुखपत्र या अनुवाद कृतिलाई सहभागि गराईने छैन ।
३ नेपालमा रहि पुस्तक प्रकाशन गरि कतार आउादा ल्याईएका कृतिलाई मान्यता दिईने छैन । तर विदाको समयमा गएर प्रकाशन गरि ल्याईएका कृतिलाई भने समावेश गरिने छ ।
४ मातृभाषामा भएका कृतिलाई पनि मान्यता दिईने छ ।
५ कतारमा रहि कृति प्रकाशन गर्नु भएका तर हात नेपाल रहनु भएका कृतिकारहरुले आधिकारीक पत्र सहित कसैलाई कृति दर्ता गराउन खटाएमा त्यस्तो कृतिलाई पनि समावेश गराईने छ ।
६ चाहे त्यो विधागत होस या मिश्रति, साहित्यिक कृतिलाई मात्र मान्यता दिने जानकारी गराईन्छ । कृति २५ जुन २०१० सम्ममा दर्ता गराइै सक्नु पर्ने छ । १६ जुलाई २०१० का दिन उत्कृष्ट कृति घोषणा गरिने छ ।
७ विस्तृत् जानकारीको लागि तल दिईएका व्यक्तिहरु, नवोदितका सदस्यहरु या naboditsw@gmail.com मा मेल गरेर बुझ्न सक्नु हुनेछ ।
पुरस्कारहरुः
प्रथम- नेरु १०,०००।-
दोस्रो- नेरु ७,०००।-
तेस्रो- नेरु ५,०००।-
सान्त्वना- नेरु २,०००।-
उत्कृष्ट वाचन- नेरु २,०००।–
कतारमा रहेका श्रष्टाहरुले प्रकाशन गर्नुभएको साहित्यिक पुस्तकहरुबाट एउटा पुस्तकलाई बर्षको उत्कृष्ट "नवोदित कृति एवार्ड-२०६७" प्रदान गरिनेछ ।
सम्पर्क:
तीर्थ संगम राई- ६४०२२६१, ७४२१९०४ (अल हिलाल)
इश्वर दाहाल कविजी- ५७५४४५९ (एयपोर्ट नजिक)
भोजराज दाहाल- ५०८१९१०, ७८६९२३० (सनैया)
कृष्ण क्षितिज राई-६७९८६७४ (न्यु सलता)
नवराज विक-५३१२८३२ (सनैया)
भोजराज दाहाल- ५०८१९१०, ७८६९२३० (सनैया)
राजेश्वर ढकाल- ६४१४६५१, ७९४३२९७ (दोहा)
प्रेम लामा-३६८१७९१ (दोहा)
(नोटः १५ जुलाई २०१० का दिन साँझ ८ बजेबाट टपफम रेष्टुरेण्डमा नवोदितको अधिवेशन हुने कुराको जानकारी गराउँदछौ । तसर्थ सम्पुर्ण नवोदित साहित्यिक वाचनालयका सदस्य, शुभ चिन्तक, आलोचक र साहित्यिक अनुरागीहरुमा उपस्थीतिको लागि हार्दिक अपिल गर्दछौ ।)
Posted on: 2010-05-26 02:57:43
Other Notices