भारतीय माओवादी प्रवक्ता अविनाशले बिहारमा बन्धक बनाइएका ३ प्रहरी आज बिहान छोडिएको बताएका छन् ।
पाकिस्तानको दक्षिण पश्चिम सहर क्वेटामा भएको आत्मघाती आक्रमणको जिम्मेवारी लश्करे झंगवीले लिएका छन् ।
ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।
शिया समुदायको धार्मिक जुलुसमाथि तीन पटकसम्म भएको बम हमलामा परि पाकिस्तानको लाहोर शहरमा कम्तिमा २५ जनाको ज्यान गएको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले इजरायली र प्यालेस्टीनी नेताहरुसँग स्थायी शान्तिका लागि सम्झौता गर्ने मौका नगुमाउन आग्रह गर्नुभएको छ ।
पाकिस्तानका ७० हजार बालबालिका फोहोर पानीका कारण लाग्न सक्ने रोगबाट मर्न सक्ने संयुक्त राष्ट्र संघका अधिकारीहरुले चेतावनी दिएका छन् ।
भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।
७२जना मारिनेगरी मेक्सिकोको सिउडाडमा भएको हिँसाको एक दिनपछि फेरि दुईवटा कार वम विस्फोट भएका छन् ।
संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा १ सय ५० भन्दा धेरै महिलाहरुमाथि भएको बलात्कार जस्ता घट्नालाई रोक्न हर सम्भव प्रयास गर्नु पर्ने बताएको छ ।
पाकिस्तानको दक्षिणी क्षेत्रमा अझै पनि बाढीको त्रास हट्न सकेको छैन ।
चितवनको भरतपुरमा रहेको स्कुल अफ आज कलेजमा तोडफोड गरेका छन् ।
संयुक्त राष्ट्र संघले पाकिस्तानका वाढि पिडितको सहयोगकालागि जतिसक्दो चाँडो हेलिकप्टरको आवस्यकता रहेको जनाएको छ ।
अष्ट्रेलीयामा आज आमनिर्वाचनको लागि मतदान सुरु भएको छ । निर्वाचनमा अष्ट्रेलीयाली पहिलो महिला प्रधानमन्त्री तथा सत्तारुढ प्रमुख लेबर पार्टीकी नेता जुलिया गिलार्ड र विपक्षी दल लिवरल पार्टीका नेता टोनी एबटबीच उच्च प्रतिस्पर्धा हुँदैछ ।
भिरबाट खसेको ढुङ्गा लागेर चितवनको चण्डीभञ्ज्याङ्ग १ जलबिरेमा आज बिहान एक जना घाईते भएका छन् ।
पिडीतलाइ सहयोग गर्न राष्ट्रसंघ
पाकिस्तानद्धारा बाढी पीडितका लागि भारतले पठाएको सहायता स्वीकार गर्ने निर्णय
नेपाली र बर्मेली श्रमिकबीच झडप, पाँच नेपाली पक्राउ
यात्रुबाहक बसमा गरिएको आक्रमणमा परि १० पाकिस्तानीको मृत्यु
दुई करोड नागरिकबाढीबाट प्रभावित भएका पाकिस्तानी प्रधानमन्त्रीको कथन
नेपाल ओलम्पिक कमिटिले सिंगापुर युथ ओलम्पिकका लागि उपेन्द्रकेशरी न्यौपानेलाई सेभ द मिसन तोकेको छ ।
अमेरिकाले २० दिनभित्र इराकमा सम्पूर्ण फौजी कारवाही बन्द गर्ने तयारी गरिरहेको जनाएको छ ।

सामाजिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको जापानमा अध्यनरत बिधार्थिहरुको साझा संगठन नेपाली बिधार्थी समाज जापान (नेसाज )ले एक वर्ष अघि देखि उपचारकाक्रम मा रहेका एक पत्रकारलाइ उपचार सहयोग स्वरुप आर्थिक सहयोग हालै मात्र हस्तान्तरण गरेको छ |
इरानी उच्च अधिकारीहरुले राष्टपति मोहम्मद अहमदिनेजादले संवोधन गर्ने समारोहमा भएको एउटा हमला राष्टपतिप्रति लक्षित नरहेको दावी गरेको छ ।
माओवादी घेरामा परेका भनिएका सबै प्रहरी जवाफ सकुशल रहेको भारतीय उच्च सुरक्षा अधिकृतले बताएका छन् ।
पाकिस्तानमा बाढीबाट मर्नेको सङ्ख्या १५ सय नाघेको छ । बाढीका कारण ३० लाख भन्दा बढी मानिस प्रभावित भएका छन् ।