सातौ अन्तर्राष्ट्रिय हात्ती दौडको उपाधी होटल वाराही पोखराको चम्पाकलीले जितेको छ ।
भैरहवाको बेलहियामा भारतीय कारको ठक्करबाट एकजना शिक्षकको मृत्यु भएको छ
२७ दलको बैठक
सार्वजनिक लेखा समितिको बैठक जारी
एमाओवादी भावी कार्ययोजना बनाउदै
राज्य व्यवस्था समितिले अख्तियारलाई बोलायो
लडाकुलाई विशेष समिति अन्तर्गतको सचिवालयमा ल्याएपछि मात्र संसद अधिवेशन बोलाउने सरकारी तयारीप्रति एकीकृत नेकपा माओवादीले आपति जनाएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले सोमबार राष्ट्रपति डा. रामवरण यादवसँग भेटबार्ता गर्नु हुने भएको छ ।
सेनासमायोजन तथा पुनर्स्थापना विशेष समितिअन्तर्गतको सचिवालयका सदस्यहरू सेना समायोजनबारे माओवादी लडाकूको धारणा बुझेर सोमबार राजधानी फर्किंएका छन्
माओवादी लडाकूलाई विशेष समितिको मातहतमा ल्याएपछि मात्र संसद्को अधिवेशन बोलाउनका लागि नेपाली काङ्ग्रेस र नेकपा एमाले सहमत भएका छन्
नेपाल विद्युत प्राधिकरणले मंगलबारदेखि सातामा ७४ घण्टा लोडसेडिङ गर्ने भएको छ
झापाको पाडाजुगी खण्डमा सोमबार बिहान बस र ट्रक ठोकिदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ
प्रमुख तीन दलका शिर्ष नेताहरुको सोमबार बसेको बैठक विना निष्कर्ष टुङ्गीएको छ
गुल्मी जिल्लाको रुरु गाविस ४ स्थित कालीगण्डकी नदीमा शनिबार दिउँसो डुबेर बेपत्ता भएका दुई जना मलामी अहिलेसम्म पनि फेला परेका छैनन् ।
गएराती हेटौंडा ११ नवलपुरमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । हेटौंडा ११ नवलपुरमा ना १६ प ६००२ नम्बरको मोटरसाइकलको ठक्करबाट झापा अनारमणि १ बुधवारेका चन्द्रमान राइको मृत्यु भएको हो ।
मन्त्रिपरिषदको बैठक आइतबार बस्दैछ ।
नेपालकै तेस्रो सुन्दर पर्यटकीय नगरी चितवनको सौराहामा आजबाट अन्तर्राष्ट्रिय हात्ती दौड प्रतियोगिता सुरु हुने भएको छ।
शान्ति र लोकतान्त्रिक संविधान नेपाली काङ्ग्रेसको अभियान' भन्ने नाराका साथ नेपाली काङ्ग्रेस फेरि गाउँ जाने भएको छ
राजनीतिक गतिरोध अन्त्यका लागि निरन्तर छलफलमा जुटेका प्रमुख तीन दलका नेताहरुको बैठक आइतबार बस्ने भएको छ ।
उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला आइतबार चीन भ्रमणमा जादै छिन्
एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले केहिबेरमा बस्दैछ छ
परराष्ट्र मन्त्रालयले आइतबारदेखि मेसिन रिडेबल पासपोर्ट एमआरपी वितरण गर्ने भएको छ
नेपाल अर्वुद रोग निवारण संस्थाको साधौँ साधारण सभा नवलपरासीको पेन्सन क्याम्पमा विशेष समारोहको साथ सम्पन्न भएको छ ।
आज सुरु हुने विशेष अधिवेशन र एकीकृत नेकपा माओवादीले संसदमा दर्ता गराएको प्रस्ताव फिर्तासहितका प्याकेजमा सहमति खोज्न प्रमुख तीनदलका शीर्ष नेताहरुको बैठक आज बस्ने भएको छ
अर्थमन्त्री सुरेन्द्र पाण्डेले जनताको जनताको तटबन्ध कार्यक्रम छिट्टै पुरा हुने बिश्वास व्यक्त गर्नुभएको छ
नेकपा एमालेका कार्यकर्ताहरुले सल्यान माझकाँडाका एकीकृत नेकपा माओवादीका एक कार्यकर्ताहरुलाई यातना दिएका छन्
शल्यक्रिया गरेर निकालिएको शिशुको मृत्यूलाई लिएर ओम अस्पताल विरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको छ
विश्व साइकलयात्री फुर्तेम्बा सेर्पा हाल मेक्सिको पुग्नुभएको छ । शान्ति तथा वातावरणसम्बन्धी सन्देश दिँदै सात वर्षअघि विश्व साइकलयात्रामा जानुभएका सेर्पाले यसअघि ७० देशको भ्रमण गरिसक्नुभएको छ ।
तराईमा विगत केही दिनयता बढेको अत्यधिक चिसोका कारण स्थानीय सगरमाथा अन्चल अस्पताल राजविराजमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।
सप्तरीको एक मात्र सरकारी अस्पताल सगरमाथा अन्चल अस्पताल राजविराजमा यतिबेला बिरामीको सङ्ख्यामा वृद्धि भएपछि भुइँमै राखेर बिरामीहरूलाई उपचार गराउन बाध्य भएका छन् यहाँका स्थानीय बासिन्दा ।
एकीकृत नेकपा माओवादी धादिङका सचिवालय सदस्य एवम तामाङ राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य रामसिंह तामाङमाथि गएराती एक समूहले आक्रमण गरेर घाइते बनाएको छ ।
यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) चैत्र १० गतेदेखि सुरु हुने भएको छ
प्रधानसेनापति छत्रमानसिंह गुरुङको औपचारिक निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष जनरल विजयकुमार सिंहले सोमबारदेखि ८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
समसामयीक राजनीतिक अवस्थाबारे छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक अहिले बसीरहेको छ
पुस ८ गतेभित्र सहमति जुटाउने प्रयासमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सोमबार दिउँसो बस्ने भएको छ ।
पटक/पटक अनिर्णयको बन्दी बन्दै आएको २७ दलको बैठक सोमबार फेरि बस्दैछ ।
काठमाडौंमा सोमबार विहान यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ ।
पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ बुटवलले पेट्रोलियम पदार्थको ढुवानी बन्दलाई सोमबार पनि जारी राखेको छ
चितवनको अयोध्यापुरी ९ तेउलीमा हात्तिको आक्रमणबाट २ जनाको ज्यान गएको छ । आक्रमणबाट एक जना गंम्भिर घाईते भएका छन भने एक दर्जन घरमा क्षती समेत पु¥याएको प्रहरीले जनाएको छ ।
बाँकेको रझेना ३ बेलनपुर गाउँमा लाखौको लुटपाट भएको छ ।
जातीय समानता र सामाजिक न्यायका लागि सम्पुर्ण दलका दलित सगंठनहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा गुल्मीमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
सदभावना पार्टी अध्यक्ष एवम् वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोलाई मातृ शोक परेको छ ।
व्यवास्थापिका संसदको विशेष अधिवेशन आज वाट सुरु हुदै छ ।
दुर्घटनामा दुईजनाको मृत्यु, दुईजना घाइते
अरुणपूर्वका ९ जिल्लालाई लिम्वुवान राज्य घोषणाको माग गर्दै संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चसम्वद्ध संघीय लिम्वुवान राज्यपरिषदले गरेको वन्दले पूर्वका ९ जिल्लाको जनजीवन प्रभावीत भएको छ ।
पदाधिकारी मनोनयनको विवादमा फँसेको नेपाली काङ्ग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ ।
गुडिरहेको बसको ढोकाबाट खसेर आज विहान धादिङको नौविसे–६ खानीखोलामा सहचालकको मृत्यु भएको छ ।
एचआइभी र एड्सको सेवामा पहुँच बढाऔँ, मानवअधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ विश्व एड्स दिवस नेपालमा पनि आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल श्रमिक पार्टीहरुको सम्मेलनमा भाग लिन आज दक्षिण अफ्रिका जाँदै हुनुहुन्छ ।
नेकपा एमालेका नेता केपी शर्मा ओलीले एकिकृत नेकपा माओवादी लोकतन्त्र भन्दा सत्ता कव्जाकै रणनीतिमा केन्द्रित रहेको आरोप लगाउनु भएको छ ।
रिपोर्टस क्लबले आज राजधानीमा गरेको एक कार्यक्रममा नेता ओलीले गोरखाको पालुङटारमा चलिरहेको माओवादीको विस्तारित बैठकले कुनै नयाँ उचाई, विचार, लचकता, सहमति र विषय नदिने ठोकुवा गर्नुभयो ।

चितवनको भण्डारा उच्च माध्यमिक विद्यालयमा यहि मंसीर १४ देखि २१ सम्म उच्च माध्यमिक विद्यालयको सहयोगार्थ धनधान्यञ्चल महायज्ञको आयोजना गरीने भएको छ ।