आन्तरिक विवादका कारण नेकपा एमालेको पोलिटब्यूरो बैठक एकदिन पर सरेको छ
मधेसी जन अधिकार फोरम नेपालको केन्द्रिय समितीे बैठक आज बस्दै छ ।
काठमाडौंको भिमसेनगोलामा यात्रुबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
सहकर्मीमाथि भएको कुटपीटको विरोधमा यातायात व्यवसायीहरुले आइतबारदेखि मेची राजमार्ग अनिश्चितकालीन बन्द गराएका छन् ।
मकवानपुरको नामटारमा चिउरा खाँदा १३ जना बिरामी भएका छन् ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर ६ निवासी राकेश कुमार शर्माले शनिबार वीरगंजमा ६०१ जना सभासदहरुको श्राद्ध गरेका छन ।
विश्व संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम्सले शनिबार सांझ काठमाण्डौको दशरथरंगशाला तताएका छन् ।
चन्दा संकलनको अभियोगमा प्रहरीले शनिवार संघीय लिम्वुवान राज्य परिषदका चारजना कार्यकर्ता पक्राउ गरेको छ ।
धनकुटाको व्यापारीक केन्द्रको रुपमा रहेको धनकुटा नगरपालिका वडा नं. १ हिले बजारमा शनिवार साँझ ५.३० बजे लागेको भीषण आगलागीबाट करिव १ करोड ५० लाख बरावरको क्षति भएको छ ।
नवलपरासीमा नेपाल पत्रकार महासँघ जिल्ला शाखामा अधिवेशन आज पनि जारी ।।
राजधानीको पुरानो वानेश्वरमा रहेको न्यू ओम र्साई क्याटरिङमा काम गर्दै आएका तीन मजदुर मृत अवस्थामा भेटिएका छन् ।
आज फागुन ७ गते अर्थात प्रजातन्त्र दिवस । आजभन्दा ठिक ६१ वर्षअघि २००७ साल फागुन ७ गते नेपाली जनताको आन्दोलनबाट १ सय ४ वर्षीय जहानीया राणा शासनको अन्य भई प्रजातन्त्र बहाली भएको थियो ।
बिश्ब संगीतमा आफुलाई उच्च स्थानमा राख्न सफल गायक ब्रायण्ड एडम सांगीतीक प्रस्तुतीका लागी नेपाल आउदै छन् ।
घोराहीमा सुरुभएको राप्ती पर्यटन महोत्सवमा सहभागीहून सल्यानबाट १७ जना राउटेहरु दाङ आएका छन् ।
पुर्व युवराज्ञी हिमानी शाह आज चौथो पटक दोलखा पुग्नुभएको छ । स्वास्थ्य सम्वन्धि सडक नाटक कार्यक्रम लिएर हिमानी दोलखा जानुभएको हो ।
आज माघ शुक्ल पूर्णिमा अर्थात श्री स्वस्थानी ब्रतको समापन । पौष शुक्ल पूर्णिमाबाट शुरु भएको एक महिना लामो स्वस्थानी ब्रतकथा आजबाट समापन भएको छ ।
पार्टी नेताहरुबीचको तीब्र विवादका कारण एमाले स्थायी समितिको बैठकले मन्त्रालय बाँडफाँड र मन्त्रीहरुको नाम टुंगो लगाउन नसकेपछि पोलिटव्युरो र केन्द्रीय कमिटी बैठक आव्हान गरिएको छ ।
आगामी ३ वर्षका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा चितवनको सभापतिमा जनक अर्याल विजयी हुनु भएको छ । आज बिहान सम्पन्न नवौ अधिबेशनबाट अर्याल बिजयी बन्नु भएको हो ।
संविधान निर्माणका क्रममा देखिएका संवैधानिक समिति अन्तर्गतको विवादित विषयमा छलफल गर्न संवैधानिक समितिको बैठक सिंहदरबारमा बस्दै छ ।
बर्दिया राष्टिय निकुञ्जको भित्री भागमा रहेको बगौराफाँटामा गए राति निकुञ्ज शुरक्षाकर्मि र चोरी सिकारी बिच भिडन्त भएको छ ।
लमजुङको धुसेनी गाविस ३ की एक महिलाको ट्याक्टरवाट खसेर ज्यान गएको छ ।
गृहमन्त्रालय र समग्र सात बुँदे सहमतिबारे निष्कर्षा पुग्न एकीकृत नेकपा माओवादी र नेकपा एमालेका शीर्ष नेताहरुबीच सोमबार छलफल हुदैछ ।
संविधानसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेससहितका चौध दलले नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी) बीच भएको सातबुँदे सहमतिविरुद्ध सशक्त ढङ्गले आवाज उठाउने भएका छन् ।
बजेट सम्बन्धि प्रतिस्थापन विधेयकमाथि संसदमा सोमबारदेखि छलफल सुरु हुँदैछ ।
शिक्षक आक्रमणको बिरोधमा अखिल नेपाल शिक्षक संगठन नवलपरासीले सोमबार जिल्लाका सबै शैक्षिक संस्था बन्द आह्वान गरेको छ ।
यस अबसरमा खासगरी फूल तथा अन्य उपहारहरु साटासाट गरीने चलन बढ्दो छ ।
बाँकेको जयसपुरका युवाहरुको कुटपिटबाट एक जना भारतिय नागरिक गम्भिर घाईते भएका छन् ।
बाँकेको ईन्द्रपुर बाट गत २६ गते राती अपहरणमा परेका एक बालक गएराती मुक्त भएका छन् ईन्द्रपुर ६ बन्जारे गाँउ निवासी १५ बर्षिय राकेश कुमार यादवलाई परिवारले भारतको बाबा गंञ्जमा अपहरणकारीलाई २ लाख रुपैया फिरौती रकम बुझाएर मुक्त गराएका हुन् ।
मोटरसाइकल र विपरीत दिशावाट आउदै गरेको को ४ प ३८१४ नंम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
व्यवस्थापिका संसदको आजको बैठकमा सरकारले टेबुल गरेका विभिन्न अध्यादेश पारित गर्ने कार्यक्रम छ ।
इजिप्टका राष्ट्रपति होस्नि मुवारकले आन्दोलको बेग थेग्न नसकी अन्तत १८ दिन पछी राजिनामा दिएका छन् ।
गाउको बिद्यालयमा कम्प्युटर शिक्षा दिदा दुई चारवटा या दश वटा सम्म कम्प्युटर राख्ने गरिन्छ ।
चितवनको दाह्रेचोक ९ फिसलिङमा यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा एक जनाको ज्यान गएको छ ।
लमजुङको सदरमुकाम बेसीशहरमा जारी आदीबासी जनजाति महोत्सबमा आदीबासी भिलेज मुख्य आकर्षण बनेको छ ।
स्ववियु निर्वाचन , त्रिभुवन विश्वविद्यालयको वार्षिक कार्यक्रम लगायतका विषयमा छलफल गर्न वसेको १२ विद्यार्थी सगंठनको वैठक करिव डेढ दर्जन सहमति गर्दै सम्पन्न भएको छ ।
सुनसरीको हरिपुरमा आज यात्रुवाहक बस दुर्घटना हुदाँ ३ दर्जन भन्दा वढि घाइते भएका छन् ।
नेपाल पत्रकार महासंघ न्यूज २४ शाखाको प्रथम साधारणसभा नयाँ कार्यसमितिको चयन गदै सोमवार सम्पन्न भएको छ ।
महिला अधिकारकर्मी डा. शान्ता थपलियाको ६९ वर्षको उमेरमा आज निधन भएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले मुलुकको ३४ औं प्रधानमन्त्रीकोरुपमा पद सम्हाल्नु भएको छ ।
एमाले र एकीकृत माओवादी सरकार गठनको तयारीमा जुटिरहेका बेला नेपाली कांगे्रसले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।
नेपालगंजका क्रियाशिल पत्रकार दुर्गा बिसीलाई अज्ञात समुहले खुकुरी प्रकार गरि गम्भिर घाईते बनाएको छ ।
हिउँद लागेदेखि नै अध्यारोमा बस्न वाध्य बनाइएका सर्वसाधारणले अब लोडसेडिङको थप मार व्यहोर्नुपर्ने भएको छ ।
एकीकृत नेकपा माओवादीको मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघ टुक्रिएको छ ।
मकबानपुरको मनहरीमा बिद्यार्थीहरुले आज बिहान केहिबेर चक्काजाम गरेका थिए ।
महोत्तरीको रामनगरमा ट्याक्टरको ठक्करबाट एक युबकको घटनास्थलमा नै मृत्यु भएको छ ।
नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले आइतवार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोहका बीच प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने भएको छ ।
एकीकृत नेकपा माओवादीले नयां सरकारमा सहभागी हुने औपचारिक निर्णय गर्न र मन्त्रीहरुको टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ ।
नेपाली कांगे्रस केन्द्रीय समितिको बैठक आज दिउसो बस्दैछ । पार्टी कार्यालय सानेपामा दिउसो ४ वजे पछि बैठक बस्ने बताइएको छ ।
समाचरको विषयलाई लिएर पत्रिकाले सार्वजनिक माफि माग्नुपर्ने भन्दै मोरंङको पथरीमा औजार दैनिक पत्रिकाको वितरणमा रोक लगाईएको छ ।
नेपाल संस्कृत बिश्वबिद्यालयमा बिद्यार्थी र बिश्वबिद्यालय प्रशासनबीचको लामो बिबाद समाधान भएको छ । काठमाण्डौंमा बिश्वबिद्यालय र अखिल क्रान्तिकारीबीच सात बँुदे सहमती भएको छ ।