सरकारी निकायले बेवास्ता गरेपनि भरतपुर–१० का दुई युवाहरुले चितवनको जगतपुर ७ धम्पुसेमा रहेको प्र्रभात अनाथालय केन्द्रका अनाथ वालवालीकालाई सहयोग गरेका छन् ।
स्थानियबासी र नेपाल प्रहरीको साझेदारीमा गैडाकोटमा स्थापना भएको सामुदायीक सेवा केन्द्रले आफ्नै भवन बनाउने भएको छ ।
क्षत्रीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक उपेन्द्रकान्त अर्याल पश्चिमाञ्चल क्षेत्रका प्रहरी प्रमुख भएर आएको ५ महिना कार्यकाल पछिको पश्चिमाञ्चल क्षेत्रको अवस्थाको बारेमा जानकारि गराउनुभएको छ ।
संविधान सभाका अध्यक्ष सुवाष नेम्वाङले तीन दलका नेताहरुसँग आज छलफल गर्नुहुने भएको छ ।
विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष मे ३१ तारिखका दिन मनाउदै आएको दिवसमा यस वष “जीवन रक्षाका लागि विश्व स्वास्थ्य संगठनबाट प्रतिपादित सुर्ति नियन्त्रण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि लागु गर्रौं” भन्ने नारा तय गरिएको छ ।
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवि भण्डारीले माओवादीलाई निशस्त्रीकरण नगरिकन शान्ति र संविधान सम्भव नभएको जिकीर गर्नुभएको छ ।
समसामयीक राजनितिक विषयमा छलफल गर्न नेकपा एमालेको केन्द्रिय कमिटी वैठक आज शुरु हुंदैछ ।
अरनीको राजमार्ग अन्तर्गत काभ्रेको भैसेपाटीमा ट्रकको ठक्करबाट आज विहान एक मोटरसाईकल चालकको ज्यान गएको छ ।
गल्मीको दुर्गम गाविस बाँझकटेरीका विपन्न समुदायको आयआर्जन र वातावरण संरक्षणको उदेश्यले जिल्ला बन कार्यलय गुल्मीले मालिका जंगलको केही भाग उपलब्ध गराएको छ ।

२१ पल्ट सगरमाथा आरोहण गरेर किर्तिमान राखेका आप्पा शेर्पाको सम्मानमा पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डका पुत्र प्रकाश, माओवादी केन्द्रीय सदस्य कृष्ण केसी र प्रचण्डका सुरक्षा गार्ड युवराज दुलालले अर्को बर्ष कम्युनिष्ट पार्टीको झण्डा सहित सगरमाथा चढ्ने घोषणा गर्नुभयो ।
पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न दुई माओवादी कार्यकर्तालाई जिल्ला अदालत बाराले सर्वस्वसहित जन्म कैदको फैसला सुनाएको छ ।
बरही बिरपुरबाट अपहरित दुई युवकको अवस्था अझै अज्ञात / अपहरणको आरोपमा भोलेन्द्र यादव पक्राउ
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य देवप्रसाद गुरुङले पार्टीमा छलफल नै नभई अध्यक्ष पुष्पकमल दाहालले गरेको सम्झौता कार्यान्वयन हुन नसक्ने वताउनभएको छ
संविधानसभाको म्याद तीन महिना थप्ने विषयलाई लिएर गत जेठ १४ गते भएको पाँच बुँदे सहमति र प्रधानमन्त्रीको राजिनामाको विषयमा हस्ताक्षर गर्ने दलहरु आन्तरिक रुपमै विभाजित बनेका छन् ।
खैरो हिराइनको कारोबार गर्ने तीन भारतीय र एक नेपाली नागरिकलाई जिल्ला अदालत कपिलवस्तुले कारागार चलानको आदेश दिएको छ ।
राप्रपा नेपालले संविधानसभाको म्याद थपेर जनताको सार्वभौम अधिकार खोजिएको आरोप लगाएको छ ।
पाँच जातिय संगठनहरुले संविधानसभाको म्याद तीन महिना थप्ने गरी जेठ १४ गते मध्यराती तीन ठूला दलले गरेको पाँच बुँदे सहमति जलाएका छन् ।
लाखाँ खर्च गरेर विदेशमा पैसा कमाउन जानेहरु त्यहाँको अनुभव संगालेर स्वदेश फर्केपछि गुल्मीका अधिकाँश युवाहरु व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।
पर्साको मधुवन गाविसमा आज बिहान विषालु सर्पले टोक्दा १० वर्षीय बालकको मृत्यु भएको छ ।
राजमार्ग अन्र्तगत शक्तिखोरबाट ऐतीहासिक उपरदाङगढीको दरबार सम्मको सडक निर्माणकार्य सकिएको छ ।
तत्काल राजीनामा गर् / भण्डारी // निजि विद्यालयबाट नेताका छोराछोरी निकाल्ने दावी
पछिल्लो राजनीतिक अवस्था र पार्टीको भूमिकाका बारेमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक र मधेसी मोर्चामा सम्बद्व लोकतान्त्रिक मधेसी मोर्चाले आज छुट्टाछुट्टै छलफल गदै छन् ।
नेपाल स्वस्थ्य स्वयमसेवी संघले स्वास्थ्य स्वयं सेवी सम्वन्धी नीति निर्माण गर्न गराउन दवाव दिएको छ ।
एक भूमिगत समूहले नेपालगञ्ज स्थित नमस्ते नेपाल यातायात व्यवसायी संघको कार्यालयमा बम विस्फोट गराएको छ ।
गएराती जोड तोडका साथ हावाहुरी संगै पानी परेपछि बाँकेको कोहलपुर बसपार्क उत्तरतिरको मुक्त कमैया शिबिरमा बस्दै आएका दर्जन बढि मुक्त कमैयाको घरको छानो उडाइदिएको छ ।
संविधान सभाको म्याद तीन महिना थपिएलगत्तै भावि संविधानको पहिलो एकीकृत मस्यौदा लेखनको प्रक्रियामा रहेको संवैधानिक समिति आजवाट पुनः सक्रिय हुने भएको छ ।
पांच बुद्धे सहमती पछि संविधान सभाको म्याद तीन महिना थपे पछि आज पहिलो पटक काङग्रेस पदाधिकारी बैठक बस्न लागेको हो ।
पछिल्लो राजनीतिक अवस्थाका विषयमा समिक्षा गर्न मधेसी जनअधिकार फोरम गणतान्त्रिक र मधेसी दलसम्बद्व लोकतान्त्रिक मधेसी मोर्चाले आज छुट्टाछुट्टै छलफल गर्दै छन ।
संविधान सभा भंग गरि नयां जनादेशमा जानु पर्ने भन्दै सडक संर्घषमा उत्रिएको राप्रपा नेपालले आगामी दिनमा पनि सडक संर्घष नै गर्ने
प्रधानमन्त्री झलनाथ खनाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संविधानसभाको म्याद थप भएपछिको मुलुकको अबस्थाका बारेमा छलफल हुने भएको छ ।
सर्वोच्च अदालतले संविधानसभाको म्याद संकटकालिन अबस्थामा ६ महिनामात्र थप गर्न सकिने फैसला गरेको तथा अन्तरिम संविधानमा समेत संविधानसभाको म्याद ६ महिनाभन्दा बढि थप गर्न नमिल्ने उल्लेख भएको दावी
प्यूठानको रजवारमा पिपिआर रोगका कारण ६० बाख्रा मरेका छन् ।
रेडियो सराङ्गकोट १०४.६ मेगाहर्ज पोखराका स्टेसन म्यानेजर लक्ष्मीनारायण देवकोटा मोटरसाईकल दुर्घटनामा परेर घाईते हुनुभएको छ ।
आज मुलकभर विभिन्न कार्यक्रम गरी चौथो गणतन्त दिवस मनाइँदै छ । यसैविच गणतन्त्र दिवशको अवसरमा आज राजधानीको सैनिक मञ्च टुँडिखेलमा औपचारिक रुपमा विशेष कार्यक्रम गरीएको छ ।
प्रधानमन्त्री झलनाथ खनालले दलहहरुबीच राष्ट्रिय सहमति भइसकेकाले आगामी तीन महिनाभित्र शान्ति प्रक्रियाले पुर्णता पाउने बताउनुभएको छ ।
संविधानसभाको तिन महिने समय अवधि थप गरीएकोमा नर्वे, स्वीटजरल्याण्ड तथा जापान सहितका युरोपेली संघका सदस्य राष्ट्रहरुले स्वागत गरेको छन् ।
राष्ट्रीय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले ठुला दल संविधान प्रति इमान्दार वनेमा थपिएको तीन महिनामा संविधानको मस्यौदा बाहिर आउने वताउनु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलाली र कञ्चनपुर जोड्ने मोहना पुल नजिकै
मोटर साइकलले टिप्परलाई ठक्कर दिएपछि आज पाँच वर्षिया बालिकाको ज्यान
गएको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको मस्यौदा तीन महिनाभित्रै ल्याउन धेरै मिहेनत गरिएको बताउँदै अहिले थपिएको तीन महिनाको अवधि चाहिँ अर्को तीन महिनाको तयारी भएको बताउनुभएको छ ।
खस क्षेत्री एकता समाज आदीवासी जनजाती धनकुटाले राजधानीमा भएको खस क्षेत्रीको आन्दोलनमा हीजो प्रहरीले हस्तक्षेप गरी केन्द्रिय अध्यक्ष युवराज कार्की लगायत ३ सय कार्यकर्ताहरुरुलाई पक्राउ गरेकोमा विरोध गर्दै अलिम्ब छाड्न आग्रह गरेको छ ।
थारु कल्याणकारिणी सभाले आव्हान गरेको तराई बन्दको प्रभाव खासै नपरेपछि थारु कल्याणकारिणी सभाले बन्द फिर्ता लिएको छ ।
बाँकेको कोहलपुरमा आज सरसफाई कार्यक्रम गरिएको छ ।
चौंथो गणतन्त्र दिवशको अवशरमा आज गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा विविध कार्यक्रमका साथमा गणतन्त्र दिवश मनाईएको छ ।
मध्यपश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले आजवाट यस क्षेत्रमा ट्राफिक चेकजाँचलाई तिब्र पारेको छ ।
नेपाल प्रेस युनिनियले आज धनकुटामा गणतन्त्र दिवसको अवसरमा गणतन्त्रलाई संस्थागत गर्न प्रेसको भूमिका विषयक विचार गोष्ठी र शुभ कामना आदन प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
अमेरिकी नागरिक जोन रोबर्टलाई नेपाली सेनाका कर्मचारी बताउने दुईजना अपरिचित युवाहरुले उनी बसेको ठमेलस्थित होटल ड्रीमबाट राति दुई बजेको समयमा अपहरण गरी लगेको प्रहरीले जनाएको छ ।
प्रमुख तीन राजनीतिक दलबीच पाँच बुँदे सहमति भएपछि संविधानसभाको म्याद तीन महिना थप गरिएको छ ।
नेपाल अहिले गम्भिर राजनीतिक दुर्घटनाको संघारमा आइपुगेको छ ।
आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाईदैछ ।
प्र्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकारको आधार तयार भए बेला पनि राजीनामा दिने बताउनु भएको छ ।