www.nepalqataronline.com Thursday, 23rd May 2013
 
Ads
All News
Previous 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 193 194 195 196 197 198 199 200 201 202 203 204 205 206 207 208 209 210 211 212 213 214 215 216 217 218 219 220 221 222 223 224 225 226 227 228 229 230 231 232 233 234 235 236 237 238 239 240 241 242 Next

नेपाल आयल निगमले आजैबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ ।

सप्तकोशी नदीबाट हुने समस्या समाधान गर्न नेपाल र भारतीय अधिकारीबीच सात बुँदे सहमती भएको छ । जस अनुसार पुनर्निमाणको काम छिटो गर्ने, कोशी नदीबाट हुने आपतकालीन र दीर्घकालीन समस्या दुबै पक्षका प्राविधिक बसेर समाधान गर्न पहल गर्ने लगायत रहेका छन् ।

उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले आफूले केही महिना शान्ति सुरक्षाको अवस्था सुधार र भ्रष्टचार नियन्त्रणका लागि कडाइका साथ काम गर्ने बताउनुभएको छ ।

रौतहटको चन्द्रनिगाहपुरस्थित पूर्व-पश्चिम राजमार्गको चन्द्रनिगाहपुर खण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।

ब्राम्हण समाज चितवनको प्रथम जिल्ला अधिवेशन आज सुरु हुँदैछ ।

वीरगन्ज भन्सार प्रशासन र नेपाल प्रहरीको विरोधमा भारतीय गाडी चालक र सीमावर्ती भारतीय क्षेत्रका बासिन्दाले शुक्रबार बिहानैदेखि अवरुद्ध पारेको वीरगन्ज-रक्सौल खण्डको यातायात गए रातिदेखि सुचारु भएको छ ।

सभामुख सुवासचन्द्र नेम्वाङ आज एक संसदीय टोलीको नेतृत्व गर्दै पाँचदिने भ्रमणको लागि भारत जानुभएको छ ।

बाँकेको बेतहनीस्थित नेपालगञ्ज–होलिया सडकखण्डमा आज बिहान एक व्यक्तिको टाउको मात्र काटेर फ्याँकेको अवस्थामा फेला परेको छ ।

एकीकृत नेकपा माओवादी निकटको शिक्षक संगठन शैक्षिक गणतान्त्रीक मंचले आज देशभरका शिक्षण संस्था बन्द आह्वान गरेको छ । मन्चको बन्दका कारण आज देशैभरका शिक्षण संस्थामा पठन पाठन ठप्प भएको छ ।

डोल्पाको जुफालमा स्थानीय युवाको कुटाइबाट मर्ने प्रहरीको संख्या दुई पुगेको छ । गम्भिर घाइते भई उपचारार्थ अस्पताल भर्ना गरिएका सल्यान मार्के– ५ घर भएका प्रहरी जवान झमन रेउलेको पनि मृत्यु भएपछि मर्ने प्रहरीको संख्या दुई पुगेको हो ।

व्यबस्थापिका संसदले आर्थिक बर्ष २०६८–०६९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । नीति तथा कार्यक्रम पारित भएसंगै असार ३० गते सरकारलाई बजेट ल्याउने बाटो खुल्ला भएको छ ।

लामो समय पछि एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज बस्ने भएको छ । दोहोरो सुरक्षा प्रणाली हटाउने अध्यक्ष प्रचण्ड पक्षधरको बहुमतको निर्णय पछि चर्किएको विवाद जिम्मेवारी हेरफेरमा गएर मिलेपछि माओबादीभित्रको विवाद तत्काललाई अन्त्य भएको ठानिएको छ ।

राष्ट्रिय योजना आयोगले तोकेको सीमाभन्दा पाँच अर्ब रुपियाँ बढी आकारमा आउँदो आर्थिक वर्षको बजेट आउने भएको छ ।

पत्रकार तथा सञ्चार गृहमा कार्यरत मजदुर र कर्मचारीको न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज सञ्चार सम्वद्ध संस्थाका प्रतिनिधि र सरोकारवालाहरुसाग छलफल गर्दैछ ।

सरकारले नेपाली सेनाका उपरथी गौरवशमसेर राणालाई बलाध्यक्ष रथीमा बढुवा गरेको छ । हिजो साँझ बसेको मन्त्री परिषद्को बैठकले सैनिक जंगी अड्डाको सिफारिसमा राणालाई बढुवा गरेको हो ।

तनहुँको डुम्रे बजार स्थित एक घरमा गएराती पहिरोसंगै आएको ढुङ्गाले लागेर १ महिलाको ज्यान गएको छ भने १ जना घाईते भएका छन् ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गबहादुर विश्वकर्माले पर्यटन क्षेत्रसाग असम्बन्धित व्यक्तिलाई नेपाल वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको भन्दै माओवादी निकट पर्यटन व्यवसायी रुष्ट बनेका छन् ।

मोटर गुड्ने सडक हिलाम्मे भए पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयले दोलखा सदरमुकाम चरिकोट स्थित बसपार्कमा आज रोपाईं गरेका छन् ।

व्यवस्थापिका संसदमा सरकारले आइतबार पेश गरेको आर्थिक वर्ष ०६८/०६९ को वार्षिक नीति तथा कार्यक्रमको

उदयपुरको डालागाउँ गाविस-५ मा गएराति एकै परिवारका चार जनाको सामूहिक हत्या भएको छ ।

स्थायी शान्तिको कामनासहित गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने उद्देश्यले सुरु मंगलबार सुरु भएको काठमाण्डौँ-दोलखा उल्टो सवारी यात्रा सम्पन्न भएको छ ।

पेट्रोलियम डिलर्स एसोशियसनले आफूहरुसाग गरेको सहमति पालना नभएको विरोधमा पेट्रोल पम्पहरुमा कार्यरत मजदुर र कर्मचारीले काठमाडौँको बबरमहलस्थित आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेका छन् । ।

पहिरोका कारण दर्जनौं सवारी साधन बिच बाटोमै अलपत्र परेका छन् भने पैदल यात्रुलाई समेत हिँडडुल गर्न कठिनाई उत्पन्न भएको प्रहरीले जनाएको छ ।

प्रहरीले सिराहाको लाहानबाट बुधबार बिहान तराइका विभिन्न स्थानमा हत्या, लुटपाट र डकैतीमा संलग्न रहेको आरोपमा चार जनालाई नियन्त्रणमा लिएको छ ।

व्यबस्थापिका संसदमा सरकारले आइतबार पेश गरेको आर्थिक बर्ष २०६८/६९ को बार्षिक नीति तथा कार्यक्रम माथिको छलफल आज पनि जारी रहने भएको छ ।

नेपालमा पहिलो पटक ईन्टरनेटका प्रयोगकर्ताहरुकालागी आम्दामी गराउने उद्देश्यका साथ एक वेभ साईडको सुरुवात भएको छ ।

नेपाली काँग्रेसले नीति तथा कार्यक्रमका विषयमा आफुले राखेको संशोधन प्रस्ताव नसमेटिए नीति तथा कार्यक्रमको विपक्षमा उभिने चेतावनी दिएपछि नेकपा एमालेले आफ्ना सभासदहरुलाई यस्तो ह्विप जारी गर्नु परेको हो ।

सर्लाही बस व्यवसायी संघद्वारा सदरमुकाम मलंगवाबाट चल्ने सम्पूर्ण बसहरु बन्द गरेपछि यात्रुहरुलाई समस्या भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट १ रातमाटे सडकखण्डबाट आज बिहान एक यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा २ जनाको मृत्यू भएको छ ।

भारतको पुणेमा एक नेपाली महिला कामदारको हत्या भएको छ । पुणेस्थित गंगा गाउसमाजको महमदबाडीमा बस्दै आएका अर्का नेपाली सुकबहादुर तामाङको घरमा घरेलु कामदारको रुपमा काम गर्दै आएकी ३० बर्षीय सन्जु तामाङको हत्या भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री कृष्णबहादुर महराले सरकारले ल्याएको नीति तथा कार्यक्रम सन्तुलित र सबैलाई समेट्ने किसिमको रहेको दावी गर्नुभएको छ ।

संविधानसभामा प्रतिनिधित्व गर्ने १७ साना दलले सरकारको नीति तथा कार्यक्रमबारे छलफलका लागि डाकिएको व्यवस्थापिका संसद बैठक भाँड्ने चेतावनी दिएका छन् ।

संवैधानिक प्रावधान अनुसार सरकारले स्थानीय निकायको चुनावका लागि निर्णय गरी आग्रह गरे आफुहरु चुनाव गराउन तयार रहेको निर्वाचन आयोगले स्पष्ट गरेको छ ।

माओवादी सेना लडाकुहरुको रेखदेख, समायोजन तथा पुर्नस्थापनासम्बन्धी विशेष समितिको बैठक आज बस्दै छ ।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको आन्दोलनका कारण दाङस्थित संस्कृत विश्व विद्यालयको गतिविधि एक महिना भन्दा अगाडिदेखि ठप्प हुँदै आएको छ ।

गिनिजबुक अफ बल्र्ड रेकर्डमा नाम लेखाउनेउद्देश्यले झलकबहादुर थापा नामका एक व्यक्तिले काठमाडौँदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको उल्टो सवारी यात्रा सुरु गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि जारी गरेको सूचनाअनुसार योग्य उम्मेदवारको दरखास्त नपरेको भन्दै उर्जा मन्त्रालयले फेरि अर्को सूचना निकालेको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमकल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया र सविधान निर्माणमा देखिएका अवरोध हटाउने विषयमा दलहरुबीच छिट्टै नयाँ सहमति हुने दावी गर्नुभएको छ ।

आयुर्वेदिक जडीबुटीको व्यापार गर्दै बैतडीको चौखाम गाविसको दुदिलाखान पुगेकी डडेल्धुरा अमरगढी नगरपालिकाकी एक युवती आफूसँगै जडीबुटी बेच्न हिँडेका युवकबाट बलात्कृत भएपछि न्यायका लागि बैतडी आइपुगेकी छिन् ।

दाङ प्रहरीले लुटपाट र डकैतीको आरोपमा पक्राउ परेका सशस्त्र भूमिगत समूहका दुइसहित पाँच जनालाई सोमबार सार्वजनिक गरेको छ ।

प्रहरीले रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा सरकार नेतृत्वकर्ता दल नेकपा एमालेका एक सभासदलाई पक्राउ गरेको छ ।

केही दिनअघि सुरक्षा जाँचका क्रममा राजधानीमा पेन गनसहित लुटेरा समूह पक्राउ परेपछि नेपाल प्रहरीले भिआइपी निवास प्रवेश गर्ने आगन्तुकको कलमसमेत नियाँलेर खानतलासी गर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले मृतकहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

नयाँ तालिकाअनुसार लोडसेडिङको अवधि साताको ६ दिन दैनिक दुई घण्टा कामय गरिएको छ ।

पाँच वर्षअघिको हातहतियार तथा खरखजना मुद्दामा काठमाडौंका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद ढकालले आइतबार सजायको फैसला गरेका हुन् ।

सरकारले बरिष्ठ पत्रकारहरुको सम्मान र उनीहरुको सुरक्षाका लागि पत्रकारहरुको विमा गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रपति डा. रामवरण यादवले आइतबार व्यवस्थापिका संसदमा अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच पाँचबुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ ।

सरकारलाई राजस्व नतिर्ने चार क्यासिनोहरु खारेजीमा परेका छन् । सरकारलाई राजस्व नतिर्ने नेपाल रिक्रियशन सेन्टर अन्तर्गत सञ्चालित चार क्यासिनोलाई पर्यटन मन्त्रालयले खारेज गरेको हो ।

जिल्लाको उदयदेव गाविसमा नरभक्षी बाघले फेरि अर्का अन्दाजी चार वर्षीय बालकलाई मारेको छ । सदरमुकामबाट दुई दिनको दूरीमा पर्ने उदयदेव–३, बारुका बालक सुशील साउदलाई १७ गते राति ८:३० बजेको समयमा बाघले आक्रमण गरेको स्थानीय बासिन्दाले बताएका छन् ।
Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate