जेठ ८, काठमाडौं - आदिवासी जनजाति संयुक्त मोर्चाले जेठ ७, ८ र ९ गतेको आम
हड्तालको विभिन्न १४ मुलुकमा रहेका आदिवासी जनजाति महासंघका शाखाहरुले समर्थन
जनाउदै १४ वटा शाखाका अध्यक्षहरुले सामुहिक हस्ताक्षर गरि प्रेस विज्ञप्ती जारी
गरेका छन् ।
प्रेस विज्ञप्ती
नेपाल आदीवासी जनजाति सयुक्त सघर्ष
समितिले घोषणा गरेको जेठ ७, ८ र ९ गतेको आम हड्तालको पहिलो दिन सामान्य हिंसा बाहेक
शान्तिपूर्ण तवरले सम्पन्न भएको छ ।
सयौ बर्षदेखि शोषित पीडित जनजाति, मधेशी
तथा पिछडा बर्गहरुले आफ्नो अधिकारको माग गरिरहेको अवस्थामा पनि षडयन्त्रपूर्वक ११
प्रदेश बनाउने सहमति गरेको विरुद्धमा घोषित नेपाल बन्दहड्तालकोक्रममा केही जनजाति,
मधेशी विरोधि तत्वहरु पत्रकारको रुप धारण गरेर विभिन्न तरिकाबाट अवरोध गर्न
अघिबढेको कार्यप्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ ।
निष्पक्ष र
ब्यवसायिक पत्रकारिता प्रति हाम्रो उच्च सम्मान रहेको स्पष्ट पार्न चाहान्छौ यद्यपी
ठूलठूला मिडिया हाउसहरु संघीयता र पहिचानको प्रदेश निर्माणको विपक्षमा, जनजाति,
मधेशीहरुको विरुद्धमा लेख्दै आएका, उत्पीडितजन्य अवाजहरुलाई दबाउदै आएका
मिडियाहरुलाई स्पष्ट भन्न चाहान्छौ । तिमीहरुको यो कार्य अत्यन्त निन्दनीय छ ।
सरकारी स्वामित्वको राष्ट्रिय समाचार समिति, नागरिक, हिमाल मिडिया, कान्तिपुर
लगायतका मिडियाहरुले हाम्रो आवाजलाई कति समेट्यौ र संघीयता विरोधी (तिमी)हरुको
केकति समेट्यौ हामी संग सम्पूर्ण हिसाव छ । यद्यपी तिमीहरुले हाम्रो समाचार
दिनुपर्छ भन्ने होइन किन की यो प्रविधिको दुनियामा ठूला मिडिया हाउसहरुको वर्चश्व
अहिले छदैछैन तर सहि समाचारलाई बङ्ग्याएर नराम्रो संन्देश छर्ने कार्यले समाजमा
भ्रम सिर्जना गरेको छ । विनम्रतापूर्वक त्यस्तो काम त्याग्न आग्रह गर्दछौ ।
गत जेठ ७ गते रिपोटर्स क्लवमा जनजाति महासंघका महासचिव आङकाजी शेर्पा
ज्यूले बन्दको बारेमा जानकारी दिने पत्रकार भेटघाट कार्यक्रममा केही पत्रकार भनाउदा
ब्यक्तिहरुबाट भएको अवरोधको हामी अत्यन्तै निन्दा गर्दछौ । प्रथमत अवरोध कर्ता
सच्चा पत्रकार नै होइन्न भन्ने हाम्रो बुझाई हो र यदि पत्रकार नै हो भने, जनविरोधी
पत्रकारको सहिरुप देखाउनु भएको छ । हामी आवेगले होइन विवेकले काम गर्न आग्रह गर्दछौ
। उक्त जानकारी दिने कार्यक्रममा महासचिव शेर्पा ज्यूले नराम्रो कुनैपनि कुरा भन्नु
भएको थिएन । वेभमा उपलब्ध भिडियोमा पनि हेर्न सकिन्छ । तथापी एक्कासी पत्रकारको खोल
ओढेका केही जनजाति, मधेशी विरुद्धका ब्यक्तिहरुले अवरोध गर्नु हामीलाई आश्चर्य
लागेको छ । संकुचित विचार राख्ने ती मित्रको हामीसंग ३ पुस्ते जानकारी छ र
सार्वजनिक कार्यक्रममा अपमान गरेको कारण निजलाई सार्वजनिक माफि माग्न आग्रह गर्दछौ
।
एक जातिको मात्र हालीमुहाली रहनुपर्छ, जनजाति, मुस्लिम, मधेसी,
पिछडावर्गलाई सधै हली, कम्लरी, कमैया र भरिया मात्र बनाउनु पर्छ भन्ने नियतले
छेडिएको उग्र जातिबादी आदोलन अहिले पत्रकारिताको क्षेत्रबाट, पुलिस र प्रसासनको
क्षेत्रबाट प्रवेश गरेको अनुभव गरिएको छ । त्यसैले सम्पूर्ण न्यायपूर्ण
आन्दोलनकर्मीहरुलाई संचेत रहन आब्हान गर्दछौ साथै पत्रकारिता, प्रहरी र प्रसासनलाई
आ–आफ्नो साख बचाउन पनि अपिल गर्दछौ ।
लामो समयदेखि सहिष्णुतापूर्वक रहेको
सामाजिक सद्भावलाई भत्काउने काम कसैबाट नहोस अनुरोध गर्न चाहान्छौ । सदियौ देखि
शोषण, दमनमा परेकाहरु मुक्तिका लागि अधिकार माग्न आन्दोलन गरिरहेका छन् तर सत्ता,
शक्ति सबैसबै सधैसधै लिएकाहरु पनि आन्दोलनमा उत्रिएका छन् त्यो के का लागि हो ?
सम्पूर्ण जनजाति, मधेसी, मुस्लिम तथा पिछडाबर्ग मित्रहरुलाई अत्यन्तै सयंमताको
साथमा आन्दोलन गर्न आग्रह गर्दछौ । यहाहरुको आन्दोलनमा विश्वभरका जनजाति, मधेसीको
समर्थन र सहयोग रहेको पनि जानकारी गराउदछौ । तपाइहरुले गर्नुहुने प्रत्येक
न्यायपूर्ण आन्दोलनको फोटो, भिडियो, अडियोलाई विश्वब्यापी सामाजिक संजाल फेसबुक,
युट्यव, ट्युटर जस्तामा यथासक्दो चाँडो अपलोड गर्नुहुन पनि अनुरोध गर्दछौ । ती सबै
फाइलहरुलाई जनजाति आन्दोलन २०१२ नाम दिई अपलोड गरेको खण्डमा अत्यन्तै प्रभावकारी
हुनेछ तब आन्दोलन र मागको बारे नेपालका जनजाति, मधेशी विरोधी मिडियाहरुले नसमेटपनि
कुनै फरक पर्नेछैन ।
निष्पक्ष संविधान निर्माण गरेर समृद्ध नेपाल निर्माणमा
हाम्रो सामुहिक प्रयत्न, सामुहिक सहभागिता हुनुपर्ने बेला हो । कसैले ब्यक्ति र
समुदायको नैसर्गिक अधिकारको माग गर्दा अध्ययन गरि उचित अधिकार दिनुपर्ने हो तर
विडम्बना झनै दमक गर्नु खेद जनक छ । ब्यथा त उहि विरामीलाई थाह हुने हो । सबै
जातिको साझा नेपाल बनाउनको लागि जनजाति संघर्ष समितिले आब्हान गरेको बन्द हड्ताल र
संवाद एकैसाथ अघि लैजान तथा सफल बनाउन सबैको निरन्तर सहभागिता रहोस ।
१)
श्री हुम सुनारी मगर, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया
२)
श्री थर्क रानामगर, अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ, बेलायत
३) श्री शिव
राई, अध्यक्ष – नेपाल जनजाति महासंघ अमेरिका
४) श्रीमती सङगिनी रानामगर,
अध्यक्ष, नेपाल आदिवासी जनजाति महिला महासंघ, अमेरिका
५) श्री पर्शुराम राई,
अध्यक्ष: नेपाली जनजाति समाज, क्यानाडा
६) श्री सेक राज सुनुवार, अध्यक्ष –
नेपाल जनजाति समाज,जर्मनी
७) श्री रेशम राज घले अध्यक्ष – नेपाली आदिवासी जनजाती
एकता समाज, अष्ट्रीया
८) श्री ध्रुव भट्टचन, अध्यक्ष – नेपाल आदिबासी जनजाति
महासंघ जापान
१०) श्री मान बहादुर साँवा लिम्बू, अध्यक्ष – नेपाल आदिवासी जनजाति
महासंघ, कतार
११) श्री गिरमान थापामगर,अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ,
युएइ
१२) श्री एम बी (दर्लामी)थापामगर,अध्यक्ष – नेपाल आदिवासी जनजाति महासंघ,
हङकङ
१३) श्री गणेश तामाङ्, अध्यक्ष: नेपाल आदिवासी जनजाति महासंघ,
अष्ट्रेलिया
१४) श्री तेन्जिङ शेर्पा, अध्यक्ष: नेपाल आदिवासी जनजाति महासंघ,
कोरिया
१५) श्री राजु सुब्बा, अध्यक्ष: प्रनेसास, ब्रुनाई
Comments
* Comments not approved for this news yet
Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।
दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो ।
उहाालाई पक्राउ गरेको जानकारी ,,,
तामाङ समाजद्धारा विदाई ।
विथयूको सुटिङ्ग सम्पन्न ।
पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान
प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।
हृद्यघातका कारण एक नेपालीको मृत्यू ।