www.nepalqataronline.com Saturday, 25th May 2013
 
Ads
News
कतारमा २५५६ औं बुद्ध जयन्ती मनाउने तयारी

+ Font Size | - Font Size

Posted on: May 5 2012 Saturday 10:21:45 PM

२० अप्रिल २०१२ का दिन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको अध्यक्ष मान बाहदुर सावाको अध्यक्षतामा बसेको एक भेलाले नेपाल र नेपालीलाई विश्वमा चिनाउने शान्तिका अग्रदूत महा मानव भगवान गौतम बुद्धको  २५५६ औं जन्मजयन्ती कतारमा हरेक वर्षझै नेपली राजदूतावसमा ११ मे २०१२ शुक्रवारका दिन मनाउनको लागि नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष शंखलाल तामाङको संयोजकत्वमा १३ सदस्य बुद्ध जयन्ती मुल समारोह समिति गठन गरिएको छ ।

नेपाल प्रवासी तामाङ समाज कतार, तमु बौद्ध सेवा समिति शाखा कतार, थारु कल्याणकारिणी सभा कतार च्याप्टर, नेपाल प्रवासी शेर्पा संघ, कतार र नेपाल प्रवासी मगर संघ, कतार गरी जम्मा ५ वटा संस्थाहरु आयोजक रहने २५५६ औ बुद्ध जयन्ती मुल समारोह समितिमा सह संयोजकर् इ. विद्यानन्ध चौधरी, सचिव विमल गुरुङ, अर्थ संयोजक भिम तरामु मगर र सदस्यहरुमा क्रमसः सत्य नारायण चौधरी, सियाराम चौधरी, कृष्ण गुरुङ, मदन गुरुङ, कुमार मोक्तान तामाङ, माईला वाईवा तामाङ, राजकुमार तामाङ, खिम राना मगर र महेन्द्र थापा मगर रहेका छन् भने नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारले बुद्ध जयन्ती आयोजक मातृ संस्थाहरु बिचको समन्वय तथा संयोजनको भुमिका निर्वाह गरेको छ । साथै सोही बैठकले नै विभिन्न उप समितीहरु बनाई कार्य विभाजन गरि २५५६ औं बुद्ध जयन्ती सफल बनाउनको लागि अन्तिम तयारीमा जुटेका छन ।

भगवान बुद्ध आज भन्दा ४८र्३र् इ.पु. मा ८० बर्षो उमेरमा महापरिनिर्वाण गरि यस संसारलाई छोडी जानु भएको थियो तर पनि उहाँले दिनु भएको दया र करुणाको महान सागर हामी सामु सधैँ ताजा रहि रहने छन, जुन केबल मानवहरुको लागि मात्र नभई सबै लोकमा रहने सम्पूर्ण प्राणी जगतको हितमा छ । अनी उहाँले भन्नु भएको छ "यस जगतमा बुद्ध केबल म मात्र होइन की पहिले नै हजारौँ बुद्धहरुको जन्म भइसकेको थियो र भबिष्यमा पनि बुद्धको जन्म भइरहने छ ।" फेरी उहाँले आफ्नो चेलाहरुलाई सम्झाउँदै भन्नु भयो "सम्पूण प्राणी जगतमा बुद्ध प्रकृति वा गुण हुन्छ र बुद्धत्व प्राप्त गर्न सकिन्छ । बुद्ध धर्मको मुख्य दुई उद्धेश्य छन् , आफुले स्वयमं आफैँलाई चिन्नु र बुद्धका उपदेश सिक्नु ।" हामीले आफ्नै बारेमा जान्नका लागि आफैमा अन्तर निहित दुई गुणको बोध हुनु पर्छ । यस्ता गुणहरुमा पहिलो हो- सामान्य गुण जस्ले हामीलाई नरमाइलो अनुभव, दुःख, डर, रिस र लोभ लाग्छ । त्यस्तै अर्को गुण हो - सत् गुण जसले हामीलाई पवित्र, ज्ञानी र वास्तविक बनाउँदछ र बौद्ध धर्ममा यसलाई बुद्ध गुण भनिन्छ । हामी मानव र बुद्ध बिचको फरक भन्नु नै के छ भने सत गुण नभएका हामी सामान्य मानव वास्तविक जीवनबाट बिउँझेको छैनन् भने सत गुण युक्त महामानव बुद्ध बिउँझेका छन् र बुद्ध शब्दको शाब्दिक अर्थ लगाउँदा ब्यूँझीएको भन्ने बुझिन्छ ।


२००४ देखी कतारमा लगतार मनाउदै आई रहेको बुद्ध जयन्तीको अवासरमा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु साथै सम्पूर्ण प्राणी जगतमा सुःख, शान्ति, संमृद्धि एवं सु-स्वस्थाको कामना गर्दै यास कार्यक्रमलाई सफल बनाउनको लागि मे ११ का दिन नेपाली दूतावासमा उपस्तिथीको लागि मुल समारोहा समिति यसै समाचार मार्फ सम्पूर्ण कतारवासी नेपालीहरुलाई हार्दिक आमन्त्रण गर्दछ ।

साथै बैदेशिक रोजगारको चपेटामा परेर आफ्नो प्रियजनबाट टाढा रहनु परेता पनि आफ्नो भाषा, धर्म, कला, संस्कृति, रितिरिवाज आदिको संरक्षण तथा उत्थान गरी आफनो समाज तथा राष्ट्रको गरिमालाई सधैँ उच्च राख्ने राष्ट्र प्रेमको भावना राख्ने महानुभावहरु प्रति २५५६ औं बुद्ध जयन्तीको अवसमा सम्पूर्ण प्राणि जगतमा शान्तिको कामना गर्दै हार्दिक हार्दिक शुभकामना टक्रयाउदछौ ।
 
ओंम मानि पदमे हुं ! ओंम मानि पदमे हुं !! ओंम मानि पदमे हुं !!!
जय बुद्ध !

बिनेश तामाङ
महासचिव - नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार
संस्थापक तथा सल्लाहकार - नेपाल प्रवासी तामाङ समाज कतार

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
कतार – कतारमा करिव ४ लाख ५० हजार नेपाली श्रमीकहरु कार्यरत छन् । नेपाल सरकारले सन २००३ मार्च देखि १० वर्षे पासपोर्ट लागु भएयता लगभग कतारमा कार्यरत धेरै नेपालीहरुको पासपोर्टको म्याद सकिएको छ । वि.सं ११ पुष २०६७ सालदेखी नेपाल सरकारले एम.आर.पि. पासपोर्टको सुरुवाद गरे बाट नेपालको परराष्ट्र मन्त्रलायमा विहानै देखि लाईन लाग्नु पर्ने भिड देखीन्थ्यो भने हाल नेपाली राजदूतावास कतारमा पनि पासपोर्ट नविकरण गर्नको लागि भिड देख्न थालेको छ । पिडीत श्रमीकहरुको समस्यको भिड एकतिर छन भने एम.आर.पि. पासपोर्ट समयमा दिन नसक्नु आर्को समस्या रहेका छन् । करिव ३ महिना सम्मा नयाँ पासपोर्ट कुर्नु पर्ने भएको ले कतिपय कामदारहरुको भिसा लगाउन समेत कठीनाई आइरहेको गुनासो कतारमा रहेका नेपालीहरुको रहेका छन् ।

दोहा — कतार, नेपाली दूदावास कतारबाट प्राप्त जानकारी अनुसार कतार एकेडेमी स्कूलका रसायनशास्त्रका शिक्षक दोर्जे गुरुङ आज रिहा हुनुभएको छ । निजलाई गत मई १ गते ईस्लाम धर्मको अनादर गरेको आरोपमा पक्राउ गरी अल रायन प्रहरी स्टेशनमा राखिएको थियो । उहाालाई पक्राउ गरेको जानकारी ,,,

तामाङ समाजद्धारा विदाई ।

विथयूको सुटिङ्ग सम्पन्न ।

पर्बत युवा समाज कतारले सस्थाका केन्द्रिय सदस्य प्रकाश पौडेललाई बिदाई तथा सम्मान

प्रथम शहीद लखन थापा मगरको १३६औं स्मृति दिवस मनाईयो ।

हृद्यघातका कारण एक नेपालीको मृत्यू ।

Ads/Links
Notice Board
Economy
Ads
Exchange Rate