दाङको रेडियो तुलसीपुर संचालक समितिका अध्यक्ष देबीप्रसाद धिताल हेमराजको हत्यासम्बन्धी छानवीन गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को टोली आज दाङ्ग पुग्दै छ । टोलीले धितालको हत्याको छानविन प्रक्रिया थाल्नुका साथै दाङ र बाँके जिल्लामा रहेका पत्रकारहरुको सुरक्षा व्यवस्थावारे अध्ययन गर्ने नेपाल पत्रकार महासंघका महासचिव पोषण केसीले जानकारी दिनु भयो । टोली आज नेपालगञ्ज हुदै दिउँसो एक बजे दाङ पुग्ने कायक्रम तय गरिएको छ । यसैबीच धितालको हत्या भएको ९ दिन वितिसक्दापनि हत्यामा सङ्लग्नहरु अँझै पक्राउ पर्न सकेका छैनन् । प्रहरीले घटनामा सङ्लग्नहरुको नजिक पुगेको दावी गरेपनि तथ्यहरु सार्वजनिक नगर्दा धिताल हत्याकाण्ड रहस्यमय वन्दै गएको छ । प्रहरीले भने अँझै अध्यनअनुसन्धान आबश्यक रहेकाले पत्ता लागेका तथ्य सार्वजनिक गर्न नमिल्ने वताएको छ । प्रहरीले धितालका हत्याराका बारेमा खबर गर्नेलाई नगद ५० हजार दिने बताईसकेको छ ।