www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
हैजा फैलिएको आशंकामा अनुसन्धानको टोली नेपालगन्ज जाने ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 30 2010 Friday 03:05:02 AM | Views : 7 Times

नेपालगन्जमा फैलिएको झाडापखालाले प्रकोपको रुप लिएपछि हैजाको आशंकामा परिक्षणको लागि विशेषज्ञसहितको स्वाथ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ । संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको एक उच्च स्तरीय टोली १० बजेतिर नेपालगञ्ज जाने कार्यक्रम छ । नेपालगन्जका डुबानग्रस्त क्षेत्रमा सर्वसाधारणहरु पखाला लागेको केही मिनेटमै बेहोस हुने र नाडी नचल्ने गरि सिकिस्त हुन थालेपछि हैजा फैलिएको आशंका गरिएको छ । झाडापखालाबाट हिजो ३ जनाको मृत्यु भएको थियो । यस्तै अहिले दाङका विभिन्न स्थानमा गरी करीव २० जना भन्दा वढि झाडा पखालाका विरामीहरु रहेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । यसैबीच, नेपालगन्ज नगर क्षेत्रमा फैलिएको झाडापखालाको संक्रमणबाट प्रभावित हुनेको संख्या बढ्दै गएको छ । झाडापखालाबाट प्रभावित भै उपचारका लागि अस्पताल आउनेहरुको आइरो लागेको छ । आज विहानसम्म झाडापखाला फैलने क्रम बढ्दो क्रममा रहेको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन रामबहादर चन्दले जानकारी दिनु भयो । उहाँका अनुसार, उपचार गराउन आउनेहरुको संख्या आज विहानसम्म भेरी अञ्चल अस्पतालमा ५६ तथा नेपालगन्ज शिक्षण अस्पतालमा दुई सयबढी पुगेको छ । विरामी मध्ये ४० बढीको अवस्था गम्भीर छ । झाडापखालाबाट हिजो बाँकेमा तीन जनाको ज्यान गै सकेको छ । 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
प्रधानमन्त्री छान्न व्यवस्थापिका संसदमा आज छैटौपटक चुनाव हुदैछ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

महाधिवेसन नजिकिदै गर्दा नेपाली कांग्रेसमा उम्मेद्वारी घोषणाको होडबाजी चलेको छ ।

व्यवस्थापिका संसद अन्र्तगतको अर्थ र श्रम सम्बन्ध अन्र्तगत अर्थ र राष्ट्रिय योजना आयोग उपसमितिको बैठक आज बस्दैछ ।

महोत्तरीको बर्दिबासमा रहेको न्यु हल्यान्ड ट्याक्टर सोरुमबाट गएराति एउटा ट्याक्टर चोरी भएको छ ।

चितवनको भरतपुर नगरपालिका वडा नम्बर १० हाकिमचोक बस्ने कपिल श्रेष्ठको मोटरसाइकल गएराति चोरी भएको छ ।

मधेशी दलहरुले माओवादीलाई समर्थन गर्दैनन् / एमाले नेता ओली ।। संसदले निकास दिन नसकेको कांगे्रस उपसभपाति पौडेलको भनाई ।।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67