बँाकेको राप्तीपारीमा पर्ने लक्ष्मणपुर–८ मा गएराती परेको चट्यांगमा परी एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार ,घरमा चट्यांग पर्दा ३५ बर्षकी नाकिर जफालीको ज्यान गएको हो । चट्यांगले उहाँको गोठमा रहेको एउटा गोरु र एउटा बाख्रा पनि मरेका छन् । उता, सप्तरीको मलेठ गाविसमा एक महिलाको हिजो साँझ रहस्यमय मृत्यु भएको छ । मलेठ– ८ का हेमनारायण यादवका १९ बर्षकी श्रीमती काजल यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका लोग्ने हेमनारायणले श्रीमतीले पासो लगाई आत्महत्या गरेको दावी गरेपनि काजलको माइती पक्षले कत्र्तव्य गरी मारेका आरोप लगाएका छन् । प्रहरीले मृतकका श्रीमान हेमनारायण यादव र ससुरा सकलदेव यादवलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । यस्तै, लमजुङको भोटे ओडार गाविसको ८ मा पर्ने मस्र्याङिद नदिको किनारमा बिहान एउटा शव फेला परेको छ । मस्र्याङिद नदिले बगाएर ल्याएको शव महिलाको रहेको र शनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । यसैबिच स्थानिय एक जनाको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरीको पौरीकलिका मोहन पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । गएराति स्थानिय सौदागर महरालाई लाठी थता रडले हानेर हत्या गरेको भन्दै प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।