www.nepalqataronline.com Monday, 6th Sep 2010
 
Ads
News
श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ ।।

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Jul 30 2010 Friday 03:02:13 AM | Views : 23 Times
 
कोलम्बोमा जारी घरेलु टोली श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ धकेलिएको छ । आज अन्तिम तथा पाँचौ दिनको खेल शुरु हुँदा भारतको पहिलो पारी समाप्त हुनेछ । आजै श्रीलंकाले दोश्रो पारी शुरु गरेर भारतले जवाफी ब्याटिङ शुरु गर्दा समय नपुग्ने निश्चित भएकाले खेल बराबरीतर्फ अग्रसर भएको हो । हिजो चौथो दिनको समाप्तीमा ९ विकेट गुमाएर ६६९ रन बनाएको भारतले १० रनमा अविजित इशान्त शर्मा र खाता नखोलेका प्रज्ञान ओझाको साथमा खेल अघि बढाउनेछ । पहिलो पारीमा श्रीलंकाले ४ विकेटको नोक्सानीमा ६४२ रन बनाएर पारी समाप्त गरेकोमा चौथो दिन भारतले ६६९ रन बनाउँदै २७ रनले उछिन्न सफल भएको छ । माष्टर ब्लाष्टर सचिन तेन्दुलकरको ४८ औं टेष्ट शतकका क्रममा २०३ रन जमेपछि भारत दोश्रो टेष्ट बराबरी बनाउन अग्रसर देखिएको छ । पहिलो टेष्ट म्याच श्रीलंकाले जितेको थियो । यसैबीच, पाहुना टोली पाकिस्तानविरुद्धको पहिलो टेष्टको पहिलो दिन घरेलु टोली इङ्ल्याण्डले सामान्य शुरुवात गरेको छ । चार टेष्ट श्रृंखला अन्तर्गत नोटिङघममा खेल शुरु गरेको इगल्याण्डले शुरुवाती चार ब्याट्सम्यानलाई सस्तैमा गुमाएपनि इओन मोर्गान र पल कलिङवुडको साझेदारीमा प्रदर्शन सुधारेको छ । हिजो १२५ रनमा नट आउट मोर्गान र ८१ रनमा नट आउट कलिङवुडले नेपाली समय अनुसार साँझ दोश्रो दिनको खेल अघि बढाउनेछन् । 

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
पाकिस्तान र इङ्ल्याण्डबीचको पहिलो एक दिवसिय क्रिकेट म्याच इङ्ल्याण्डको कारर्डिफमा आज हुदैछ ।

इङ्ल्याण्ड विरुद्धको अन्तिम टेष्ट म्याचमा फलोअनमा परेको पाकिस्तानले आज चौथो दिनको खेललाई अगाडी वढाउदै छ ।

माईक्रोम्याक्स कपको फाईनलमा ईन्डिया तथा श्रीलँका भिड्दै।

इटालीमा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा कायमनद्धिपले नेपाललाई ७० रनको लक्ष्य दिएको छ ।

गैरआवासीय नेपाली संघ स्पेनको आयोजनामा स्पेनको रमणीय पर्यटकीय शहर बार्सेलोनामा

इटालीमा जारी आइसीसी वल्र्ड लिग डिभिजन फोरमा नेपालले आज केमन आइल्यान्डसँग प्रतिस्पर्धा

यसैगरी कायमनद्वीपविरुद्धको खेलमा तान्जानिया ४३ रनले विजयी भएको छ । जीतका लागि १ सय ९८ रनको चुनौती पछ्याएको कायमनद्वीप ४८ ओभर ३ बलमा १ सय ५४ रनमा समेटिएपछि तान्जानियाले खेल जितेको हो ।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67