कालोसुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई एमआरपी छपाईका लागि छनोट ।।
+ Font Size | - Font Size Posted on: Jul 29 2010 Thursday 05:17:37 AM | Views : 10 Times
सरकारले कालो सुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई मेसिन रिडेबल पासपोर्ट एमआरपी छपाईका लागि छनोट गरेको खुलासा भएको छ । केन्या सरकारले एङ्ग्लो लिएसिङ्ग स्क्याण्डलपछि ओबरथरलाई कालोसुचिमा राखेको हो । २००५ मा बेलायतमा एङ्ग्लो लिएसिङ्ग फाइनान्स नामक कम्पनी खडा गरेर केन्याको एमआरपी छपाइको जिम्मा लिएको तथा उसलाई ६ लाख युरो कमिसन दिएको खुलासा भएपछि ओवरथर कालो सुचिमा परेको थियो । यसैगरी ओवरथर टेक्नोलोजिज् यसअघि नै नेपाल राष्ट्र बैंकको कारवाहिमा परिसकेको पनि खुलासा भएको छ । ५ सय दरको नेपाली नोट छपाईको जिम्मा लिएको ओवरथर टेक्नोलोजिज् सम्झौता अनुसार समयमा नोट उपलव्ध नगराएपछि राष्ट्र बैंकले गत कार्तिक २६ गते १२ हजार ५ सय डलर जरिवाना तिराएको थियो ।