झलनाथको उम्मेदवारी फिर्ता लिएकोमा परेको रिटमा आज सुनुवाई हुने ।।
+ Font Size | - Font Size Posted on: Jul 29 2010 Thursday 05:16:30 AM | Views : 11 Times
प्रधानमन्त्री पदका लागि संसदमा भएको निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेदवारी फिर्ता लिने निर्णय गैर कानूनी भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि आज सुनुवाइ हुँदैछ । हिजो सुनुवाइको सूचीमा राखिएपनि समय अभावका कारण आजका लागि सारिएको हो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसदको बैठकमा ४ सय १ सभासदको लिखित सहमति प्राप्त नभएको भन्दै उम्मेदवारी फिर्ता लिनु संविधान विपरित भएको भन्दै अधिवक्ताहरु भविश्वर गुरुङ र कुमार शर्मा आचार्यले अस्ती रिट दायर गर्नुभएको थियो ।