अफगानिस्तानमा भएको युद्धको क्रममा नेटो सैनिकद्धारा भएका विभत्स हत्या र युद्ध विवरण सार्वजनिक भएको सम्बन्धमा अमेरिकी सेनाले छानविन गर्ने भएको छ । अमेरिकी सेनाले सो विवरण चुहावटको सम्बन्धमा एक हप्ताभित्र छानविन गर्ने जनाएको छ । विकिलिक नामक एक वेभसाइटले अफगानिस्तानमा नेटो सैनिकले हजारौ नागरिकको हत्या गर्ने गरि चलाएको युद्धको विवरण र विभत्स हत्याका तस्बीरहरु सार्वजनिक गरेको थियो ।सो विवरणको चुहावट अमेरिकी गुप्तचर सस्थाका केहि व्यक्तिहरुबाटै भएको बताइएको छ । यसैबीच तालिवानलाई पाकिस्तानले समेत सहयोग गरेको भन्ने सो प्रतिवेदनको दावी इस्लामाबादले अस्वीकार गरेको छ ।
ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।
भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।