युद्ध अपराध छानबिन गर्न गठित राष्ट्रसंघिय अदालतले कम्बोडियाको खमेरुज शासनकालका जेल प्रमुखलाई आम हत्याको आरोपमा ३० वर्ष जेल सजाय सुनाएको छ । सन् १९७० को दशकको खमेरुको शासन कालमा लाखौ मानिसको हत्याको अभियोगमा दोषि पाईएपछि डस नामले चिनिने केइिन गोएक लाई जेल सजाय सुनाईएको हो । खमेरु शासनकालमा मृत्युदण्ड , भोकमरी तथा अत्याधिक श्रमको कारण झण्डै २० लाख मानिसको ज्यान गएको बिबिसिले जनाएको छ । ६७ वर्षिय गोएकलाई ३५ वर्षको सजाय सुनाईएपनि पछि जेल सजायको अवधि घटाइएको थियो । यसअघि अदालतमा बयान दिदै गोएकले आफु प्रमुख रहेको जेलमा १५ हजार मानिसको हत्या भएको घट्ना प्रति माफि समेत मागेका थिए । अदालतले खमेरु शासनकालका अरु पाँच जना माथिको मुद्दाको पनि अर्को वर्ष देखि छानबिन गर्ने जनाएको छ ।
ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।
भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।