कम्पयुटर सफ्टवेयर निर्माता कम्पनि माईक्रोसफ्टले पछिल्लो तिन महिनाको अवधिमा चार अर्ब ५२ करोड डलर नाफा कमाएको छ । माईक्रोसफ्टले अप्रिल देखि जुन महिना सम्म मात्र यति धेरै नाफा कमाएको हो । नाफा रकम गएको वर्षको सोही अवधि भन्दा ४८ प्रतिशत भन्दा बढी हो । आफ्नो उत्पादन धष्लमयधक ठ को बिक्रिका कारण यति धेरै नाफा कमाउन सकिएको कम्पनिले जनाएको छ । कम्पनिको कुल आम्दानि भने १६ अर्ब डलर भन्दा बढी छ । कम्पनिका अनुसार सार्वजनि गरिएको एक वर्षको अवधिमा धष्लमयधक ठ का १७ करोड ५० लाख ओटा लाईसन्स बिक्रि गरिसकिएको छ । माईक्रो सफ्टले यसै वर्ष अफिस २०१० नामक नयाँ उत्पादन बजारमा ल्याईसकेको छ ।
ईराक र अफगानिस्तानमा आतङ्कवाद विरुद्धको युद्धमा बेलायतको तर्फबाट नेतृत्व लिनुभएका बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले इस्लामी कट्टरपन्थी विश्वका लागि सबैभन्दा बढि खतरनाक भएको बताउनुभएको छ ।
भारतको राजस्थानको धौलपुरबाट बिस्फोटक सामग्री लिए निस्केका ट्रकहरु बेपत्ता पार्नमा संलग्न भएका प्रमुख जयकिशन आसवानीलाई मध्ये प्रदेशको सागर प्रहरीले पक्राउ गरेको छ ।