www.nepalqataronline.com Friday, 30th Jul 2010
 
Breaking News
अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को टोली आज दाङ्ग पुग्दै ।। | हैजा फैलिएको आशंकामा अनुसन्धानको टोली नेपालगन्ज जाने ।। | चट्याङ्मा परेर बाँकेमा एकको मृत्यु ।। | दस्तावेजको जाँचका लागि एफबिआईसंग सहयोग माग ।। | श्रीलंका र भारतवीचको दोश्रो टेष्ट म्याच बराबरीतर्फ ।। | कालोसुचिमा परेको फ्रान्सेली कम्पनी ओवरथरलाई एमआरपी छपाईका लागि छनोट ।। | झलनाथको उम्मेदवारी फिर्ता लिएकोमा परेको रिटमा आज सुनुवाई हुने ।। | एकीकृत माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत डेलिसिबीच भेटवार्ता ।। | मधेसी मोर्चाका मागबारे माओवादीको लिखित प्रतिवद्धता तयार ।। | वेसीशहर–डुम्रे सडक खण्ड खुल्यो ।। |
Ads
News
नेसाज नलेज ट्रन्सफर सिम्पोजिएम २०१०

+ Font Size | - Font Size Bookmark and Share
Posted on: Feb 24 2010 Wednesday 01:50:27 AM | Views : 148 Times


 

 

 

 

विमल अधिकारी

जापान

नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० नागोया स्थित नागोया इन्टरनेशनल सेन्टरमा फेब्रुबरि २१, आ इतबारका दिन जापानका लागि नेपालका महामहिम राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ्र |

नेसाजका अध्यक्ष राजेंद्र प्र. पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेसाजकै उपाध्यक्ष सरोज कंडेलद्वारा सञ्चालन भयो भने आयोजक कमिटीका अध्यक्ष डा.बसन्त कु. गौतम को स्वागत मन्तब्यबाट शुभारम्भ भएको थियो् |
एन आर एन जापानका राष्ट्रिय संयोजक डा. सुदीप अधिकारी र पूर्ब नेसाज सभापति ऋषब पौडेलको मंतब्य पछि गोष्ठीको विशिष्ट समयमा ओसाका बिश्वविद्यालयका प्रोफेसर किमिहिदे मुसाकोजिलेनेपालको सन्दर्भमा संघियताशीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो् | युगोस्लोभाकिया र नेपालको परिस्थितिलाई तुलना गर्दै संघियता मा जादा कुनै पश्चिमी मुलुकको मोडेल अनुसार नभई आफ्नै बिषेशतालाई मद्य नजर राख्दै "buttom up approach"  बाट बिकेंद्रिकरणलाई मजबूत गर्ने खालको संघियता नेपालको परिप्रेक्षमा बढि उपयुक्त हुन सक्ने तर्क प्रस्तुत गर्नु भएको थियो।नेपालको परिप्रेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु भएकोले यो कार्यपत्र र यसमाथिका छलफलहरु निकै जिबंत एबम उपयोगी तथा प्रासंगिक ठानिएको थियो |
 
नेसाजले पहिलोपटक नागोया शहरमा आयोजन गरेको यो नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि सुभकामना ब्यक्त गर्दै महामहिम राजदूत डा. गणेश योंजन तमांगद्वारा एकेडॅमिक कार्यक्रमको उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रमको निरंतरताको समेत कामना गर्नुभएको थियो्र पहिलो सेसनको समापन नेसाज सभापतिद्वारा आयोजक कमिटी तथा उपस्थित सम्पुर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो्

दिवा भोजन पछि सुरु भएको दोश्रो सेसन मा मधुसुदन कायस्थ द्वारा "नेपालमा फाइबर अप्टिकको अबस्था र सम्भाब्यू" सोबिता कोइराला द्वारा Early Childhood Development Program in Japan,  प्रा. डा. मासायुकी वातानाबे द्वाराCommunity Based Rehabilitation in Nepal: Challenge for Inclusive Society बारे निक्कै चाख लाग्दा प्रस्तुति गर्नु भएको थियो र उत्तर प्रस्तुति तथा छलफल निक्कै जिबन्त थियो  |
 अन्यमा प्राबिधिक सेसन अंतर्गत कृष्ण कु. भेटवाल द्वारा स्टीलको स्तर सुधार मा गरिएको सफल अनुसन्धान, इश्वर खत्रीद्वारा सोलार इनर्जिका सम्भाबना र चुनौती तथा, बिपिन खनाल द्वारा संयोजनकारी सफ्टवेरको बिकास र अन्त्यमा होम प्र. अधिकारीबाट नेपालमा लघु जल बिधूतका संभावना र चुनौतीको बारेमा गरिएको अनुसन्धानात्मक नतीजा प्रस्तुत गर्नु भएको थियो् |

General सेसनको  chair  ऋषब पौडेलले गर्नुभएको थियो भने प्राबिधिक सेसनको chair  डा. सुदीप अधिकारीले गर्नु भएको थियो् |

 दुबै सेसनमा निकै जिबन्त छलफल भएको थियो्र नागोया वासीको ७० देखि ८० संख्यामा उपस्थिति का बिच सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा जापानमा नेपाली बिध्यार्थीको अबस्था बिषयक सरोज कंडेलको भिडियो सामग्री निक्कै रोचक थियो्|

अन्त्यमा उपस्थित सबैको लागि नेसाजले आयोजना गरेको रात्रिभोज तथा अन्तर्क्रिया कार्यक्रम पनि निक्कै जमेको थियो् |

Comments
* Comments not approved for this news yet
Comment For this News
Name
Email address
Comments
If you can't read the word, click here
Please enter the word (string) shown.
   

Other News
अफगानिस्तानमा भएको युद्धको क्रममा नेटो सैनिकद्धारा भएका विभत्स हत्या र युद्ध विवरण सार्वजनिक भएको सम्बन्धमा अमेरिकी सेनाले छानविन गर्ने

पाकिस्तानको पश्चिम उत्तर आदिबासी ईलाकामा पछिल्लो २४ घण्टामा भएको दुई ड्रोन हमलामा नौ जना संदिग्ध चरमपन्थी मारिएको अधिकारीहरुले बताएका छन् ।

युद्ध अपराध छानबिन गर्न गठित राष्ट्रसंघिय अदालतले कम्बोडियाको खमेरुज शासनकालका जेल प्रमुखलाई आम हत्याको आरोपमा ३० वर्ष जेल सजाय सुनाएको छ ।

जर्मनीको डुईसबर्गमा आयोजना गरिएको सांगीतिक कार्यक्रमा भागदौड मच्चिदा कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

कङ्गोमा विद्रोहीहरुले हवाई अड्डामा आक्रमण गरेर भारतीय पाइलटलाई बन्दि बनाएका छन् ।

कम्पयुटर सफ्टवेयर निर्माता कम्पनि माईक्रोसफ्टले पछिल्लो तिन महिनाको अवधिमा चार अर्ब ५२ करोड डलर नाफा कमाएको छ ।

भेनेजुएलाले कोलम्वीयासगको कुटनीतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेको छ ।

Ads
Notice Board
Foreign Exchange
Currency Unit Buy Sell
U.S. Dollar
1
74.65
75.25
European Euro
1
90.95
91.68
Qatari Riyal
1
20.50
20.67